04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

२८ सय कोभिड संक्रमित थपिए




२८ सय कोभिड संक्रमित थपिए

काठमाडौं, २ असार । पछिल्लो २४ घण्टामा मुलुकमा २८२८ जना कोभिड बिरामी थपिएका छन् । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।   योसँगै कुल संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ३ हजार ८२ जना निको भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौ ३५४ जना, ललितपुरका ६६ र भक्तपुरका ७९ जना छन्। 

हाल देशभर सक्रिय संक्रमित १०.१२ प्रतिशत रहेको छ। 

यो अवधिमा थप ५२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। योसँगै मृतकको कुल संख्या ८ हजार ५५८ पुगेको छ। 




यसमा तपाइको मत


Comments