08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

म्यानपावरसहित तालिम प्रदायक संस्थालाई नवीकरण गर्न आग्रह




म्यानपावरसहित तालिम प्रदायक संस्थालाई नवीकरण गर्न आग्रह

काठमाडौं, २ असार । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था र सीपमूलक तालिम प्रदायक संस्थालाई नवीकरणका लागि आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै विभागले वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण तालिम प्रदायक संस्थालाई असार मसान्तभित्र र तालिम प्रदायक संस्थालाई असार १५ गतेभित्र इजाजत नवीकरणका लागि आग्रह गरेको हो ।

म्यानपावर व्यवसायीलाई प्रत्येक वर्ष कम्तीमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित कागजात लिएर नवीकरणका लागि उपस्थित हुन भनिएको छ ।

नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण समेत पेस गर्नु पर्नेछ । विभागबाट प्राप्त इजाजत पत्रको प्रतिलिपि, नगद धरौटी र बैङ्क ग्यारेन्टीको प्रतिलिपिसहित म्यानपावरहरूले उपस्थित हुन विभागले आग्रह गरेको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ ९पाँचौँ संशोधन० मा पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था छ । तर, कोरोना महामारीका कारण तोकिएको सङ्ख्यामा कामदार पठाउन नसकेको म्यानपावर व्यवसायीहरूले बताउँदै आएका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments