16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युरो कपमा इटली र डेनमार्क क्वार्टर फाइनलमा




युरो कपमा इटली र डेनमार्क क्वार्टर फाइनलमा


काठमाडौं, १३ असार । युरो कप फुटबलमा इटली र डेनमार्क क्वार्टर फाइनलमा पुगेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक÷एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। 
यस्तै १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको छ । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे ।

डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।



Related News


यसमा तपाइको मत


Comments