07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु




गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु


गुल्मी, १३ साउन  । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका ४ भङ्ल्याङमा दुर्घटना हुदाँ चन्द्रकोट गाउँपालिका ५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकोट गाउँपालिका ५ हरेवामा होटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।
घाइते मध्ये जिल्ला अस्पताल तम्घासमा उपचारको लागि चन्द्रकोट गाउँपालिका ७ दमुका बस्ने २३ बर्षका मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ बर्षकी रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ बर्षका गोकुल भण्डारीलाई पठाइएको छ । त्यस्तै पाल्पामा उपचारको लागि चन्द्रकोट गाउँपालिका ६ हरेवा बस्ने २० बर्षका बिनिता परियार, चन्द्रकोट गाउँपालिका ८ मजुवा बस्ने ४५ बर्षका बम बहादुर बिक, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बस्ने ३९ बर्षका गगन क्षेत्री र चन्द्रकोट गाउँपालिका ८ मजुवा बस्ने ४५ बर्षका सुनिल बिकलाई पाल्पामा उपचारका लागि पठाइएको छ । 



Related News


यसमा तपाइको मत


Comments