04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'फर्कन छोरा 'गीत सार्वजनिक(भिडियोसहित)




'फर्कन छोरा 'गीत सार्वजनिक(भिडियोसहित)


काठमाडौं । बा, आमाअनि छोरो ।सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धनकमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमामात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमाएक्ला। उमेरले डाँडो काट्दै गएपछि कामगर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःखपर्दा ? साथमा छोरोसमेत छैन । आमाअचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धनकमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुनपाउँदैन भने त्यो धनको के काम ?
सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःखपर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ?के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ?
यो अहिलेको नेपाली समाजको विवश परिवेश हो । चाहेर, नचाहेर नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दापहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा...’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् । 
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सह निर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटो ग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंग संयोजन रहेको छ ।
केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् । 
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । । यो गीतको भिडियोमा पैसा वाधनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्यपनि देखाइएको छ । दुःखपर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धनभन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
गायक समेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमालाको पिरती...’, ‘चौतारीमा बसौंन पियारी...’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।




यसमा तपाइको मत


Comments