14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चार दिनमा बाढीपहिरोबाट १२ को मृत्यु, ३ जना बेपत्ता




चार दिनमा बाढीपहिरोबाट १२ को मृत्यु, ३ जना बेपत्ता

काठमाडौं, १४ भदौ । बितेका चार दिनको अवधिमा बाढीपहिरोमा परेर नेपालमा १२ जनाको मृत्यु भएको छ । यस अवधिमा तीन जना बाढीपहिरोमा बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीपहिरोमा परेर ९ जना घाइते भएका छन्। बाढीको कारण तराईका विभिन्न जिल्लामा पाँच हजार भन्दा धेरै घर डुबानमा परेका प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए। गएको बिहीबारदेखि आइतबार सम्म बाढीपहिरोको कारण देशभर ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।
वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा, सुनसरी, सप्तरी लगायतका जिल्लामा बढी असर गरेको छ।



Related News


यसमा तपाइको मत


Comments