13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अफगानिस्तानबाट २० वर्षपछि बाहिरियाे अमेरिकी सेना




अफगानिस्तानबाट २० वर्षपछि  बाहिरियाे अमेरिकी सेना

एजेन्सी । अफगानिस्तानमा झन्डै २० वर्षपछि अमेरिकी सेना फिर्ता भएको भएको छ । 
आज अगस्ट ३१ तारिखभित्र बाहिरिसक्नुपर्ने समयसीमा (डेडलाइन) अन्तर्गत अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको हो।
काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिस डोनाह्यु पनि सोमबार राति अन्तिम उद्धार उडानमार्फत आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ। 
अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ।’ जुन मिसन सन् २००१ सेप्टेम्बर ११ मा सुरु भएको थियो। यसअन्तर्गत अमेरिकाले ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा सदस्यलाई कारबाही (हत्या) गरेको थियो। 

अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दसकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको पनि उनले जानकारी दिए। 



Related News


यसमा तपाइको मत


Comments