11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 इजरायल रोजगारः परीक्षा भदौ अन्तिम साता




 इजरायल रोजगारः परीक्षा भदौ अन्तिम साता

काठमाडौं, १५ भदौ । इजरायलमा रोजगारीका लागि जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ। रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको  भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
‘परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा भौतिक उपस्थितिमा हुनेछ । 
केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ। प्रवेश-पत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ।

भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ। सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ।



Related News


यसमा तपाइको मत


Comments