07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आबुधाबी जाने यात्रुले क्वरेण्टीन बस्न नपर्ने 




आबुधाबी जाने यात्रुले क्वरेण्टीन बस्न नपर्ने 


काठमाडौं, १७ भदौ । आउँदो आइतबार अर्थात सेप्टेम्बर ५ देखि कोरोना विरुद्धको पूरा खोप लगाएर यूएईको आबुधाबी जाने यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ ।

आफ्नो नीतिलाई परिवर्तन गर्दै यूएईको इमर्जेन्सी, क्राइसिस एण्ड डिजास्टर कमिटीले खोप लगाएर आएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने नियम ल्याएको हो । 

यो नियम अन्तर्राष्ट्रिय उडान मार्फत आउने सबै यात्रुका लागि लागू हुने खबर गल्फ न्युजले लेखेको छ ।

खोप लगाएका र यूएईले ग्रिन लिष्टमा राखेका देशबाट आउने यात्रुले प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ । यस्तै आबुधाबी पुग्नासाथ पीसीआर परीक्षण गर्नुपर्छ भने त्यहाँ पुगेको ६ दिनपछि पुनः पीसीआर परीक्षण गर्नुपर्छ ।

 



Related News


यसमा तपाइको मत


Comments