07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या




संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौं, २१ भदौ । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
मंगलबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतियार प्रहारबाट स्थानीय तेजबहादुर कार्की, पार्वता कार्की, मनमाया कार्की, रञ्जना कार्की, दीपक कार्की र गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् । 
अहिले प्रहरी घटनास्थलमा पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments