13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यूएईमा भिसा नियम अत्यधिक खुकुलो




 यूएईमा भिसा नियम अत्यधिक खुकुलो

काठमाडौं, २१ भदौ । यूएईले अन्य देशबाट रोजगारीमा जानेहरुका लागि अपनाइने भिसा नियम अत्यधिक खुकुलो बनाएको छ । 
अब यूएइमा काम गर्ने कामदार रोजगारदाता कम्पनीले स्पोन्सर नगरिकनै त्यहाँ बस्न र काम गर्न पाउनेछन् । 
यसअघि यूएईले रेसिडेन्सीको दर्जा पूर्ण रुपमा जागिरसँग जोडिएको थियो जसका कारण यदि कुनै व्यक्तिको जागिर छैन भने ती व्यक्तिले देश छोड्नु पर्दथ्यो । नियम परिवर्तन भएपछि विदेशीलाई कम्पनीले स्पोन्सर नगरेपनि बस्न सक्छन् । यसका साथै, उनीहरुले थुप्रै सुविधा पनि पाउनेछन् ।

यस्ता छन् सुविधा ?

– कुनै कर्मचारीको जागिर गुम्यो भने उनीहरु थप तीन महिनासम्म त्यहाँ बसेर अर्को जागिर खोज्न सक्नेछन् ।

–  त्यहाँ बसिरहेका विदेशी आफ्ना आमा–बुवा र २५ वर्षसम्मका सन्तानको भिसा पनि स्पोन्सर गर्न सक्छन् ।

–त्यहाँ बसेर काम गर्ने फ्रिलान्सर, विधवा वा सम्बन्धविच्छेद भएकाहरुलाई भिसा नियममा छुट दिइएको छ ।

 



Related News


यसमा तपाइको मत


Comments