08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते 




रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते 

काठमाडौं, २१ भदौ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ । अविरल वर्षका कारण राति २ बजे घरमाथीबाट आएको पहिरोले पुरिएर स्थानीय पूर्णबहादुर थापाको घर पुरिंदा उनकी पत्नी ७० वर्षीय गौरी थापा र छोरी तर्फको नाति ५ वर्षीय हिमाल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 
पहिरोमा परेर थापाका छोरी भिमकुमारी रोका र ज्वाई मनबहादुर रोका घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम लिबाङ ल्याइएको छ ।

पूर्णबहादुर थापा भने गोठमा सुतेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । यस्तै जिल्लाकै सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ भने सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको नैबाङखोला जलविद्युतको नहर बगाएको छ ।



Related News


यसमा तपाइको मत


Comments