13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तालिबानले पन्जशिर उपत्यकामा आफ्नो झण्डा फहरायो 




तालिबानले पन्जशिर उपत्यकामा आफ्नो झण्डा फहरायो 


एजेन्सी । तालिबानले पन्जशिर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ । अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशिर उपत्याका प्रान्त भने तालिबानको कब्जा बाहिर थियो ।

तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ० र स्थानीय लडाकु समूहले तालिबानसँग लडिरहेका थिए । तर तालिबानले पन्जशिरमा पनि जित हाँसिल गरेको र सो क्षेत्र आफ्नो कब्जामा आएको बताएको हो ।

सोमबार आफ्ना लडाकुहरुले झण्डा फहराउँदै गरेको भिडियो तालिबान छन् ।

एनआरएफका नेताले तालिबानविरुद्ध देशभरबाट अभियान थाल्न आह्वान गरेका छन् । एनआरएफका नेता अहमद मसूदको अडियो सन्देश सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । त्यसमा नेता मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिकता प्रदान गरेको र सैन्य तथा राजनीतिक विश्वास दिएको भन्दै आलोचना गरेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments