16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तेह्रथुम पावरको आईपीओ बाँडफाँट




तेह्रथुम पावरको आईपीओ बाँडफाँट

काठमाडौं, २५ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार सेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
 




यसमा तपाइको मत


Comments