08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बहराइनमा नेपालीसहित आप्रवासी श्रमिकमाथि कुटपिट




बहराइनमा नेपालीसहित आप्रवासी श्रमिकमाथि कुटपिट

काठमाडौं, २७ भदौ । बहराइनमा नेपालीसहित आप्रवासी श्रमिकमाथि कुटपिट भएको छ। विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएका ग्यास(तेल प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले कुटपिट गरेको हो। 
कम्पनी व्यवस्थापन पक्षले शनिबार कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण गरेको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन्।
बहराइन सरकारको बाप्को प्रोजेक्ट (प्रमुख ग्यास–तेल प्रशोधन केन्द्र) निर्माणमा संलग्न श्रमिकहरु उचित पारिश्रमिक, सुरक्षा लगायतका माग गर्दै गएको मंगलबारदेखि आन्दोलनमा थिए। उनीहरुको माग पूरा नगरी व्यवस्थापन पक्षले काममा फर्किन दबाब दिँदै आएको थियो।

छलफलमा स्वदेश फिर्न चाहने श्रमिकलाई जान दिने र काम गर्नेहरु ड्यूटीमा जाने सहमति भएको थियो। हिजो ड्यूटीमा नगइ कोठामै बसेका श्रमिकमाथि कम्पनी व्यवस्थापन पक्षले कोठामै गएर कुटपिट गरेको हो। 

कुटपिटबाट केही श्रमिक घाइते भएका छन्। उनीहरुलाई उपचारको व्यवस्था मिलाइएको बहराइनस्थित नेपाली राजदूताबासले जनाएको छ। 

बाप्को प्रोजेक्टमा कार्यरत करिब सात सय नेपाली र केही भारतीय श्रमिकहरु सुरक्षा, स्वस्थकर खाना, उचित पारिश्रमिक लगायतका माग राख्दै ड्यूटी छाडेर नोगा क्याम्पमा बसेका छन्।  श्रमिकमाथि कुटपिट भएको घटनापछि नेपाली दूतावासले बहराइनको श्रम मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 


 



Related News


यसमा तपाइको मत


Comments