11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सङ्खुवासभा हत्याकाण्डका आरोपी लोकबहादुर सार्वजनिक




सङ्खुवासभा हत्याकाण्डका आरोपी लोकबहादुर सार्वजनिक


काठमाडौं, २७ भदौ । सङ्खुवासभा मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा  लोकबहादुर कार्की रहेका छन् । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

लोकबहादुरले हत्या गरेको स्वीकार गरेका सङ्खुवासभा प्रहरीले जनाएको छ । गएको आइतवार राति स्थानीय बौदमान कार्की परिवारका पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दिपेन कार्की र गोमा कार्कीको हत्यामा भएको थियो ।

घटनामा ८५ वर्षका बौदमान भने सकुशल छन् । घटनापछि अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक ९एसपी० भीम दाहाल नेतृत्वको टोली खटिएको थियो।

लगत्तै दाहाल नेतृत्व टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो। 



Related News


यसमा तपाइको मत


Comments