16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बूढानीलकण्ठ नगरपालिकाका विद्यालय भौतिकरूपमा सञ्चालन




 बूढानीलकण्ठ नगरपालिकाका विद्यालय भौतिकरूपमा सञ्चालन

काठमाडौं, २७ भदौ । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा सञ्चालन भएका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ ।
सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ ।




यसमा तपाइको मत


Comments