11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची 




संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभा बैठक आज बस्दै छ। सभामुखले दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।  गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ।संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ। 

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ।  आजकै बैठकमा शोकप्रस्तावसम्बन्धी कार्यसूचीसमेत तय भएको सचिवालयले जनाएको छ।      

  

 




यसमा तपाइको मत


Comments