13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु




बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

नवलपरासी, २९ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ घाइते भएका छन् ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सु प्र ०२-००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(



Related News


यसमा तपाइको मत


Comments