07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विनियोजन विधेयक बहुमतले पारित, अर्को बैठक असोज ४ गते




विनियोजन विधेयक बहुमतले पारित, अर्को बैठक असोज ४ गते

काठमाडौं, २९ भदौ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए । सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

यस्तै अवरोधकै बीच विनियोजन विधेयक,२०७८ बहुमतले पारित भएको छ । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो । अर्को बैठक असोज ४ गते बस्ने  छ ।




यसमा तपाइको मत


Comments