08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायली भाषा परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)




इजरायली भाषा परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

काठमाडौं, २९ भदौ । वैदेशिक रोजगार विभागले इजरायली भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  इजरायल जान इच्छुक युवाहरूका लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो । 
विभागले सोमबार लिएको भाषा परीक्षामा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी २ हजार ३९ जना पास भएका हुन् । इजरायली भाषा परीक्षाका लागि ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । तीमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

विभागले १ असोजबाट व्यवसायिक सीप विकास प्रतिष्ठान भैँसेपाटी ललितपुरमा अंग्रेजी भाषा पास गर्नेहरूको उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने जनाएको छ । छनोट भएका उम्मेदवारहरूले उचाइ र तौलको परीक्षण तथा अन्तर्वार्ता दिन आउँदा दरखास्त फारम पेस गर्दा अनलाइन प्रणालीमार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिएर तोकिएको समयभन्दा एक घण्टा अगावै अनिवार्य उपस्थित हुनुपर्नेछ । 

तोकिएको उचाइ र तौलसम्बन्धी मापदण्ड पूरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाणपत्र एवं अनलाइन दरखास्तका साथ पेस गरिएका कागजातहरू प्रमाणित नभएमा दरखास्त रद्द हुनेछ । 

 



Related News


यसमा तपाइको मत


Comments