07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

माओवादीले गठन गर्‍यो निर्वाचन आयोग 




माओवादीले गठन गर्‍यो निर्वाचन आयोग 


काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि निर्वाचन आयोग गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।  

त्यस्तै, पार्टीको विधानबारे पनि निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भाषा र केही हेरफेर गर्नुपर्ने भएमा गर्ने र राष्ट्रिय सम्मेलनबाट पारित गर्ने गरी विधानको टुंगो लगाइएको बताए ।

माओवादीसँग एकता गरेका विभिन्न पार्टी र नेताहरूको जिम्मेवारी कुन तहमा कसरी गर्ने भन्ने तय गर्न गठित कार्यदलको समय थप गरिएको पनि उनले बताए । उक्त कार्यदललाई समायोजनको कार्य सम्पन्न गर्न भनिएको छ ।

प्रदेश समितिका पदाधिकारी बारेमा थप गृहकार्य गरेर निर्णय लिइने पनि उनले बताए ।



Related News


यसमा तपाइको मत


Comments