14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड




आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाडौं, २९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनपछि आफ्नो पार्टी पहिलो बन्ने बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे। 

उनले अहिलेको गठबन्धन ९कांग्रेस(माओवादी(एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन) निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे। देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए। 




यसमा तपाइको मत


Comments