08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकामा  ४९५ सहित थप एक हजार ७६० जनामा कोरोना 




उपत्यकामा  ४९५ सहित थप एक हजार ७६० जनामा कोरोना 


काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा ४ सय ९५ सहित नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।

त्यस्तै एक हजार २२० संक्रमित निको भएका छन्।  संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ।  यस्तै काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 




यसमा तपाइको मत


Comments