08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संखुवासभा हत्या प्रकरणः घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पनि पक्राउ




संखुवासभा हत्या प्रकरणः घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पनि पक्राउ

संखुवासभा, ३१ भदौ । संखुवासभा मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको  ६ जनाको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की पनि पक्राउ परेका छन् ।  हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो । अनुसन्धानका क्रममा घटनास्थलबाट नरेशको साथबाट हराएको मोबाइल सेट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि छानबिन थालेको प्रहरीले जनाएको छ । लोकबहादुरका भाइ नरेशमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि १० जना प्रहरी टोली घटनास्थल उम्लिङ खोलागाउँमै रहेका छन् । 

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । प्रहरीले एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पाँच दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो । 
 



Related News


यसमा तपाइको मत


Comments