15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जनादेशबाट सरकार बनाएर देखाउँछौंः ओली 




जनादेशबाट सरकार बनाएर देखाउँछौंः ओली 

काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ–आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए । 

कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीको भनाइ छ । ‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्को पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’ तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनको भनाइ छ । परमादेशबाट होइन अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीको दाबी छ । 




यसमा तपाइको मत


Comments