14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चीनबाट ४४ लाख खोप ल्याईंदै




चीनबाट ४४ लाख खोप ल्याईंदै

काठमाडौं, १ असोज । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले खरिद गरिएको खोप आज चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि गएराति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने गइसकेको बताए । उनका अनुसार आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।




यसमा तपाइको मत


Comments