07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकामा ३९७ सहित नेपालमा थप १,५५८ जनामा कोरोना संक्रमण




उपत्यकामा ३९७ सहित नेपालमा थप १,५५८ जनामा कोरोना संक्रमण

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा ३९७ सहित नेपालमा थप १,५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ हजार ३८५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।  त्यस्तै, आज १ हजार ३५१ जना संक्रमणमुक्त भएको  मन्त्रालयले जनाएको छ ।  काठमाडौं उपत्यकामा ३९७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना संक्रमित थपिएका हुन् ।  योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४४४ पुगेको छ । 




यसमा तपाइको मत


Comments