07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हजुरआमाहरूसँग भएका ज्ञान, 'मुटु,मधुमेह र मिर्गौला'




हजुरआमाहरूसँग भएका ज्ञान, 'मुटु,मधुमेह र मिर्गौला'

-डा.अरुणा उप्रेती -

विदेशीको नक्कल गरेर हामीले खानेकुराको भन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राका बारेमा बढी बुझ्यौं । प्रोटिन पाउन हामी चना र भटमास खाँदैनौं; अनेक बिस्कुट, प्रोटिन क्याप्सुल खान्छौं । पैसा तिरेर रोग ल्याउन तयार रहन्छौं ।

फर्सीको तरकारी मन अमिलो पारेर खान्छौं तर ‘पम्पकिन सुप’ खान पाउँदा भने आनन्द मान्छौं । ‘पम्पकिन’ र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरै अर्को हुने थियो । थाहा नपाउनेले ‘सोयाबिन’ वाह भनेर खान्छन्, भटमासको वास्तै गर्दैनन् । भुटेको भात ‘छ्या’ हुन्छ, तर होटलमा गएर ‘फ्राइड राइस’ का लागि बढी पैसा तिर्दा आनन्द लाग्छ ।

मौलिक खानालाई बेवास्ता गरेर बजारका खाना बालबालिकालाई दिँदा कुपोषण भएको हेक्कै हुँदैन हामीलाई ।

शिक्षित आमाबाबुले समेत बालबालिकालाई धेरै मात्रामा चिनी भएका खानेकुरा दिन्छन् र मोटो बनाउँछन् । त्यसले गर्दा किशोरावस्थामा उनीहरूलाई मोटोपन र मुटुको रोगसँगै मधुमेह र मृगौलामा समस्या भइसक्छ

गहुँ, फापर, आलु, बोडी, सिमी सबै नेपालीले प्रयोग गर्ने सस्तो वस्तु भएकाले त्यति वास्ता गरिन्न किनभने ती रंगीचंगी प्याकेटमा आउँदैनन् । तर, प्याकेटमा आएका जंक फुड र महँगा वस्तुचाहिँ बालबालिकालाई दिइन्छ ।

फर्सीको .कुभिन्डो, लौका वा इस्कुस पनि स्वास्थ्यकर हुन्छ भनी ज्ञान जानिन । कुभिन्डो वा लौका फल्यो भने पनि कसैले वास्ता नगर्नाले कुहिएर जान्छ । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला ।

तर भोलि ‘अंग्रेजी’ जान्ने मान्छे आएर कुभिन्डो, इस्कुस वा लौकाको महत्त्वबारे बोल्यो भने हामी उसको कुरा मान्छौं ।

‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौं ।

दाँत ,र बिगार्ने तिनै गुलिया र पत्रु खानेकुराहरू नै बालबालिकाले सबैभन्दा बढी मन पराउँछन् । गुलियोको मात्रा धेरै भएको खानेकुरा पाएपछि प्रायः बालबालिकाले अन्य स्वस्थ खाना खाँदैनन् । यसरी खानालाई बालबालिकाको प्रिय बनाउन गुलियोको मात्रा थप्ने व्यावसायिक चलनले जनस्वास्थ्यमा ठूलो नकारात्मक प्रभाव पार्ने गरेको छ । बालबालिकाले घरेलु खाना छोडेर गुलिया बिस्कुट, कुकिज, केक, चकलेट, आइसक्रिम, तयारी जुस, पेय पदार्थ मात्र दिन किन रुचाउँछन् ? त्यस्ता कुरा खान बालबालिकाले कसरी सिके ? कसले खान सिकायो ? कसरी घरमा सधैं उपलब्ध हुने गर्छ ? यस्ता प्रश्नबारे धेरै अभिभावकले ध्यान दिँदैनन् वा आधुनिक अभिभावक बन्ने होडमा बालबालिकालाई त्यस्ता पत्रु खाना खुवाइरहेको हेक्का रहन्न ।

डा.उप्रेतीको फेसबुकबाट  



Related News


यसमा तपाइको मत


Comments