07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साहस उर्जाको आईपीओ बाँडफाँड




साहस उर्जाको आईपीओ बाँडफाँड


काठमाडौं, १७ असोज । साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइतबार शेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका२०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँडफाँड कार्यक्रममा जानकारी दिएको छ ।  सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता शेयर माग भएको  थियो । रद्द भएको ११ हजार ९९६ वटा आवेदन मार्फत १ लाख ७९ हजार ७७० कित्ता शेयर माग भएको थियो । 



Related News


यसमा तपाइको मत


Comments