16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने




कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने

काठमाडौं, १८ असोज । कोरोनाका कारण रोकिएका नेपाली श्रमिक दक्षिण कोरिया जान पाउने भएको छ । वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आइतबार एक सूचना जारी गर्दै श्रमिकको रुपमा कोरिया जान पाउने भएको हो ।

शाखाले कमिटेड वर्करका रुपमा गणतन्त्र कोरियाबाट प्राप्त नामावली सूचीमा नाम भएका व्यक्तिहरूले सीसीभीआई फारम भर्न आइतबारको मितिदेखि आगामी २५ गतेसम्ममा कार्यलयमा उपस्थित भई सिसिभिआईको फारम भर्न आग्रह गरेको छ ।

उक्त सिसिभिआई फारम भर्नका लागि श्रमिकले राहदानीको सक्कल र प्रतिलिपि, नागरिकताको प्रतिलिपि, आचारण सम्बन्धी प्रहरी प्रतिवेदन र फोटोसहित कागजातहरू पेश गर्नुपर्नेछ । साथै, शाखाले सिसिभिआईको लागि ६ हजार रुपैयाँ रकम नेपाल बैंक लिमिटेडमा जम्मा गरेको भौचरसमेत पेश गर्नुपर्नेछ ।

त्यस्तै, शाखाले कााभिड–१९ को अवस्थालाई ध्यानमा दिँदै एचआरडी कोरियाबाट प्राप्त निर्देशनअनुसार श्रम करार जारी भएको मितिको पहिलो प्राथमिकताको आधारमा पहिलो फ्लाइटमा ५० जना कोरिया लैजाने भएको छ ।



Related News


यसमा तपाइको मत


Comments