13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थाले




 फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थाले

एजेन्सी । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा लामो समय ‘डाउन’ पुनः चल्न थालेका छन् ।  फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो ।

डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०।६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ ।

यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो ।

पूर्ण तहको सेवा फर्किन केही समय लाग्न सक्ने फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइक स्क्रोएप्फेरले बताएका छन् ।

 


 

We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.

— Facebook (@Facebook) October 4, 2021


Related News


यसमा तपाइको मत


Comments