07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा घरबाट हाम फालेर आत्महत्या 




निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा घरबाट हाम फालेर आत्महत्या 

काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फालेर आत्महत्या गरेका छन्।

काठमाडौं प्रहरी परिसरका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनले काठमाडौं महानगरपालिका ४ स्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका हुन्। त्यस क्रममा घटनास्थलमै उनको मृत्यु भएको छ । 

पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार उनले हाम फालेको सीसीटीभीमा देखिएको छ। 



Related News


यसमा तपाइको मत


Comments