07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सहुलियतमा खसीबोका बिक्री शुरु




सहुलियतमा खसीबोका बिक्री शुरु

काठमाडौं, २३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारदेखि दशैं तिहार लगायतका चाडपर्वका लागि खसीबोका बिक्री शुरु गरेको छ।
असोज १ गतेदेखि नै सहुलियत पसलमार्फत खाद्यान्न बिक्री शुरु गरेको कम्पनीले शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री शुरु गरेको हो। थापाथलीस्थित कार्यालयबाट खसीबोकाको बिक्री शुरु गरिएको हो।
यस वर्ष दशैंका लागि २ हजारको हाराहारीमा खसीबोका बिक्री गर्ने तयारी गरेको कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने बताएको छ। 

यस वर्षका लागि कम्पनीले खसीबोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ भने प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ। जसअनुसार खसीबोकाको मूल्य प्रतिकिलो ६४० पर्ने कम्पनीले जनाएको छ। 



Related News


यसमा तपाइको मत


Comments