08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासीको उद्धार




अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासीको उद्धार


काठमाडौं, २४ असोज । अमेरिका जान लागेका नेपालीसहित १२६ जना आप्रवासीलाई ग्वाटेमालाबाट उद्धार गरिएको छ । कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । 
उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

१२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन्। नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ।
ती आप्रवासीहरूलाई ग्वाटेमाला माइग्रेशन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजानु भन्दा पहिले प्राथमिक उपचार दिएका थिए।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन्।

उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ।
बीबीसी
 



Related News


यसमा तपाइको मत


Comments