08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ?




 लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ?


रुपन्देही, २४ असोज । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मन्त्रिपरिषद विस्तार लगत्तै मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री रहेका छन् ।

त्यस्तै, दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्यामन्त्री, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् ।

त्यसैगरी, रिना नेपाल विकले पर्यटन ग्रामिण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले उर्जा जलस्रोत तथा सिंचाई, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा सपथ लिएकी छन् ।




यसमा तपाइको मत


Comments