13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अछाममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु, १४ घाइते




अछाममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु, १४ घाइते

अछाम, २५ असोज । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१, नादीमा जन्ती बोकेको जीप दुर्घटना भएको हो । 

आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ आउँदैै गरेको से १ च १७६३ नम्बरको जिप दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । 
दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्ब बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ ।

तीमध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृत्यु भएको हो । 
प्रहरीका अनुसार बिहेको भोज खाएका जन्तीलाई घर छाड्न जाँदै गरेको जिप कच्ची सडकमा ब्याक गर्ने क्रममा सडकबाट खसेको हो।

घाइते १४ जनामध्ये गम्भीर अवस्थाका २ जनालाई नेपालगन्ज रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार अछाम सदरमुकाम मंगलसेनमा भइरहेको छ।
 



Related News


यसमा तपाइको मत


Comments