07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको मूल्य वृद्धि




सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं, २८ कात्तिक । साताको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ । कार्तिक २८ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ तोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन ४०० रुपैयाँले उकालो लाग्दा प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य अघिल्लो साताको बुधबारदेखि निरन्तर उकालो लागेको हो । आइतबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार पनि चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदा एक हजार २८५ रुपैयाँ तोकिएको थियो । पछिल्लो तीन कारोबार दिन चाँदीको भाउ लगातार बढेको हो ।



Related News


यसमा तपाइको मत


Comments