14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मुस्ताङ हिमपहिरोमा १ सय ५० याक र चौरी बेपत्ता




मुस्ताङ हिमपहिरोमा १ सय ५० याक र चौरी बेपत्ता


मुस्ताङ, २९ कात्तिक । मुस्ताङ थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १ सय ५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई  गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हिराचनले बताए। 

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन्। चरनमा रहेका  याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०ः१२  मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। 

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ। जंगलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हिराचनले बताए। उवा र फापरबालीमा क्षति पुगेको छ। 
 




यसमा तपाइको मत


Comments