08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सेवाग्राहीलाई सास्ती नदिन श्रममन्त्रीकाे निर्देशन




सेवाग्राहीलाई सास्ती नदिन श्रममन्त्रीकाे निर्देशन


काठमाडौं, १ मंसिर ।  श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले काठमाडौं ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको अनुगमन गरेका छन्।
वैदेशिक रोजगार कार्यालयबाट हुने विभिन्‍न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो आइरहँदा  मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका लागि कार्यालमै पुगेका हुन्।
मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए।
त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको समाधानका लागि मन्त्रालयल सधैँ तत्पर रहेको समेत उनले बताए। 



Related News


यसमा तपाइको मत


Comments