14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कात्तिक महिनामा झण्डै ५५ हजारले लिए श्रम स्वीकृति




कात्तिक महिनामा झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, ३ मंसिर । नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो समय बढेको छ । कोरोना महामारी केही कम भएसँगै वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको हो । 
वैदेशिक रोजगार विभागका अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरी ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नेपाल सरकारले रोजगारीको लागि मान्यता दिएका विभिन्न ८४ वटा देशहरुमा जानेको संख्या हो । 

पछिल्लो समय वैदेशिक रोजगारीको लागि धेरैको रोजाइमा कतार परेको छ । कात्तिकमा कतारको लागि १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि साउदी जानको लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १३ हजार पाँच सय ५० जनाले रोजगारीको लागि यूएई रोजेका छन् ।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । ६८ जना व्यावसायिक रुपमा गइरहेका छन् भने चार हजार ६ सय ५९ जना अर्धदक्ष रुपमा गइरहेका छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४ सय ५६ जना दक्ष र २६ हजार ७ सय २३ जना अदक्ष रहेको विभागले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments