06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय




सुनको मूल्य प्रतितोला  ९३ हजार ७ सय

काठमाडौं, ५ मंसिर । साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।




यसमा तपाइको मत


Comments