16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली




कतारमा गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली

काठमाडौं, ५ मंसिर । नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो कतार । यहि कतारमा विभिन्न कारणले गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली रहेको तथ्य सार्वजनिक भएको छ । 
कतारस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले शुक्रबार प्रकाशित गरेको कतारको व्यवसायजन्य चोटपटकसम्बन्धी तथ्यांक र विश्लेषणसम्बन्धी प्रतिवेदनअनुसार गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली छन् । तथ्यांक अनुसार सबैभन्दा बढी बंगलादेशी २६.५ प्रतिशत र दोस्रोमा भारतीय १९.६ प्रतिशत रहेका छन् । सन् २०२० मा ५ सय ६ जना गम्भीर घाइते भएका थिए । आईएलओले कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय, सार्वजनिक स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी तथ्यांक र विश्लेषण सार्वजनिक गरेको हो ।

कतारले व्यवसायजन्य चोटपटकको एकीकृत तथ्यांक तयार पारेको छ । जसअनुसार २०२० मा ३७ हजार ६ सय १ जना श्रमिकलाई मध्यमखालको चोटपटक लागेको थियो । जसमा नेपाली श्रमिक ७ हजार ८ सय ९६ जना (२१.३ प्रतिशत) घाइते भएका थिए । यसरी घाइते हुने २५ देखि ३४ वर्षभित्रका ४४.५ प्रतिशत छन् ।
कतारमा लकडाउनका बेला कार्यक्षेत्रमा २० देखि ८० प्रतिशत श्रमिक कटौती गरिएको थियो । घाइते भएकामध्ये सामानमा ठोकिँदा २५.५९ प्रतिशत, उचाइबाट खसेर १४.४९ प्रतिशत, मेसिनरी सामान चलाउँदा ६.४८ प्रतिशत, सामान खस्दा ५.७१ प्रतिशत, सडक दुर्घटनामा ४.९३ प्रतिशत र अन्य कारणले ३३.६१ प्रतिशत छन् । असुरक्षित कार्यस्थलका कारण नयाँ श्रमिक बढी घाइते हुने गरेको प्रतिवेदनले जनाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments