12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आज पनि घट्यो सुनचाँदीको भाउ




आज पनि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ८ मंसिर । सुनचाँदीको मूल्य बुधबार पनि गिरावट आएको छ । बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ । मंगलबार पनि सुन तोलामा नै भारी गिरावट भएको थियो । सो दिन तोलामा एक हजार ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो दुई दिनमा सुन तोलामा दुई हजार १०० रूपैयाँले घटिसकेको छ ।

बुधबार चाँदीको भाउ पनि घटेको छ । महासंघको तथ्यांक अनुसार यस दिन चाँदी तोलामा ३० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २२५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १५ रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २५५ तोकिएको थियो ।




यसमा तपाइको मत


Comments