15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस महाधिवेशनः २४ जिल्लाको अधिवेशन सम्पन्न हुँदा देउवा र पौडेल समूह बराबरी




कांग्रेस महाधिवेशनः २४ जिल्लाको अधिवेशन सम्पन्न हुँदा देउवा र पौडेल समूह बराबरी


काठमाडौं, ८ मंसिर । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो । बुधबार बिहानसम्म दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको जिल्ला अधिवेशन सकिएको छ । अहिलेसम्म अधिवेशन सकिएका २४ जिल्लामध्ये १२ जिल्लामा पौडेल समूहनिकट जिल्ला सभापतिहरू चुनिएका छन् भने १२ जिल्लामा सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू चुनिएका छन् ।

यसचरणको अधिवेशनमा भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पााचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखााचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

डोल्पा - दीपेन्द्रबहादुर शाही

जुम्ला - कर्णबहादुर शाही

लमजुङ – टकराज गुरुङ

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु

सल्यान – केसबहादुर बिष्ट

मनाङ – शंकर गुरुङ

हुम्ला – मोहनविक्रम सिंह

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

रामेछाप – कान्छाराम तामाङ

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा

पौडेल समूहनिकट सभापतिहरू

भोजपुर – विनोद बान्तावा

प्यूठान – विष्णुकुमार गिरी

अर्घाखााची – केशव श्रेष्ठ

बैतडी – चतुरबहादुर चन्द

रुकुमपूर्व – केशरमान रोका

मुस्ताङ – रोमी गौचन थकाली

संखुवासभा – दिपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने

दोलखा – बर्मा लामा

कालिकोट – अम्मबहादुर शाही

बझाङ – खडक बोहरा

बाजुरा – रामसिंह रावल




यसमा तपाइको मत


Comments