14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस महाधिवेशनः साढे तीन हजार बढी प्रतिनिधि चयन




कांग्रेस महाधिवेशनः साढे तीन हजार बढी प्रतिनिधि चयन


काठमाडौं, ९ मंसिर । कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । अहिलेसम्म तीन हजार ५ सय १० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ ।

कांग्रेसको विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ ।  ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७ सय ८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ । यसबाहेक पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका जनसम्पर्क समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ । केन्द्रीय निर्वाचन समितिका अनुसार बर्दिया, बाँके, सप्तरी, सिरहामा आज क्षेत्रीय अधिवेशन हुँदैछ ।




यसमा तपाइको मत


Comments