16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बारले सर्वोच्चबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै




बारले सर्वोच्चबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै


काठमाडौं, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्ने भएको छ । 
प्रधानन्यायाधीश बहिर्गमनको माग राख्दै करिब १ महिनादेखि आन्दोलनरत बारले आयोजना गरेको ‘मार्च पास’ मा नागरिक समाजलगायत विभिन्न निकायहरू सहभागी हुँदैछन् । बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, चिकित्सक संघ आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले ब्यानरसहितको मार्च पास गर्न लागेका हुन् । उक्त मार्च पासलाई ‘बालुवाटार न्याय मार्च’ नाम दिइएको छ । मार्च पासमा सहभागी हुन बारले सर्वसाधारणहरूलाईसमेत आग्रह गरेको छ । करिब एक घण्टा धर्ना दिने कार्यक्रमपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने योजनामा आफूहरू रहेको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।  सर्वोच्च अदालतमा गर्दै आइएको दैनिक धर्ना सकेर बालुवाटार जाने बारको तयारी छ । 




यसमा तपाइको मत


Comments