12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आप्रवासी सवार डुंगा दुर्घटना, २७ जनाको मृत्यु




आप्रवासी सवार डुंगा दुर्घटना, २७ जनाको मृत्यु


एजेन्सी । आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो ।

फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका हुन् । मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

फ्रान्सेली तथा बेलायती अधिकारीहरुले हवाई तथा जल मार्गबाट उद्धारको काम गरेका थिए। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments