16 Mangshir, 2078 / 2 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा




राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा

काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए । सांसद रहेका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाए । 
सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताए । यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको अधिवेशन हुँदैछ ।     
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti