08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 ३० करोड बिगो राजस्व छलीको आरोपमा मुद्धा दर्ता 




 ३० करोड बिगो राजस्व छलीको आरोपमा मुद्धा दर्ता 


काठमाडौं, १० मंसिर । राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।  यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन् ।
विभागले उक्त राजस्व रकम असुल गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ ।
उनीहरुमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजस्व छली गरेको विभागको आरोप छ । उनीहरुले मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड १९ र आयकरतर्फ २० करोड अन्ठाउन्न लाख ७५ हजार राजस्व छली गरेको पाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
दर्तावाल लेखा परीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका–७ नादीका आरवी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबावु साहमाथि उक्त फर्मको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी राजस्व छलीमा मतियारको काम गरेको आरोप छ । 




यसमा तपाइको मत


Comments